डा. सुनिल शर्माकाे नाेबेल मेडिकल कलेज स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने कम्पनी

काठमाडौँ । स्वास्थ्य क्षेत्रतर्फ सरकारलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीमा नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल बनेको छ । आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य क्षेत्रतर्फका कम्पनीहरु मध्ये नोबेलले सबैभन्दा बढी कर तिरेको हो ।

विराटनगरमा रहेको नोबेल डा. सुनिल शर्माले सञ्चालन गरेको शिक्षण अस्पताल हो । हाल शर्मा मोरङ ३ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा छन् ।

कर दिवसका अवसरमा मंसिर १ देखि ७ गतेसम्म मनाइँदै गरेको कर सप्ताह कार्यक्रमअन्तर्गत बुधबार सरकारले सबैभन्दा बढी कर तिर्ने कम्पनी तथा व्यक्तिलाई सम्ममान गरेको हो ।

शर्माले काठमाडौँमा काठमाडौँ मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल समेत सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *