यी हुन् सरकारलाई सबैभन्दा बढी कर तिर्ने व्यक्ति र कम्पनी

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७/७७८ मा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत गरेर सबैभन्दा बढी कर तिरेका कम्पनी र व्यक्तिहरुलाई सम्मान गरेको छ ।

काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रममा सबैभन्दा बढी कर तिरेका कम्पनी र व्यक्तिहरुलाई सरकारले सम्मान गरेको हो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बनेको छ ।

त्यसैगरी निर्याततर्फ बढी कर तिर्नेमा शिवशक्ति उद्योग, सबैभन्दा बढी कर तिर्ने उद्योग राजेश मेटल क्राफ्ट उद्योग र कृषितर्फ सबैभन्दा बढी कर तिर्ने ओसिबी फूड रहेको छ ।

स्वास्थ्यतर्फ बिराटनगर स्थित डा. सुनिल शर्मा द्वारा संचालित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सबैभन्दा बढी कर तिरेको छ ।

सहकारीतर्फ छिमेक लघुवित्तले सबैभन्दा बढी कर तिरेको छ । बैंकहरु मध्ये नबिल बैंक सबैभन्दा बढी कर तिर्नेमा परेको छ । त्यसैगरी बीमातर्फ नेपाल पुनर्बीमा सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेका छन् ।

पर्यटनतर्फ मनकामना केबल कारले सबैभन्दा धेरै कर तिरेको छ । ​वस्तु व्यापारतर्फ हंसराज हुलासचन्दले सबभन्दा बढी कर बुझाएको छ ।

ऊर्जामूलक उद्योगतर्फ चिलिमे जलविद्युत लिमिटेडले सबैभन्दा बढी कर बुझाएको छ ।

व्यक्तिगत्तर्फ जावलाखेल ग्रुपका अध्यक्ष विजयकुमार साहले सबैभन्दा बढी आयकर तिरेका छन् ।

रेमिटेन्सतर्फ आईएमईले सबैभन्दा बढी कर तिरेको तिर्दा आन्तरिक करदातातर्फ सूर्य नेपालले सबभन्दा बढी कर तिरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *