बझाङमा मतगणना सुरु

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मङ्गलबार अपराह्नदेखि सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ ठाउँमा मतगणना सुरु भएको छ ।

बझाङबाट प्रतिनिधिसभा सदस्य पदका लागि सात जनाको उम्मेदवारी रहेको छ । नेकपा ९एमाले० बाट ऐनबहादुर महर र लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा एकीकृत समाजवादी का भानुभक्त जोशी प्रतिस्पर्धामा छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमराज जोशी, जनता समाजवादी पार्टी जसपा नेपालका रामबहादुर जाग्री र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन् । ।

त्यस्तै प्रदेशसभा सदस्य १ तर्फ लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह, एमालेबाट अफिलाल ओखेडा, राप्रपाका हरिलाल भट्टराई र राप्रपा नेपालका कर्णबहादुर खड्का बीच प्रतिस्पर्धा रहेको छ ।

प्रदेशसभा सदस्य २ बाट एमालेका लालबहादुर एलबी रावल, लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता भीमबहादुर भण्डारी, राप्रपाका वीरेन्द्रबहादुर मल्ल र राप्रपा नेपालका कृष्णबहादुर सिंहबीच प्रतिस्पर्धा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *