अछाम-१ : शेरबहादुर कुँवरको अग्रता कायम

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादी का नेता एवं निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवरले अग्रता कायम राखेका छन् ।

अछाम निर्वाचन क्षेत्र नं १ मा उनकाे सुरुआतदेखि नै अग्रता कायम  छ । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार कुँवरले १० हजार दुई सय ९० मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहराले छ हजार दुई सय ६४ मत प्राप्त गरेका छन् ।

यस्तै क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाहले पनि अग्रता कायम गरेका छन् । शाहले आठ हजार छ सय ५७ मत प्राप्त गरे । भने एमालेका यज्ञ बोगटीले पाँच हजार सात सय २९ मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =