तनहुँ-२ : ४१ हजार मतगणना सकियो, गठबन्धनका शङ्कर भण्डारी अगाडि

दमौली । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४१ हजार छ सय ४९ मतगणना सकिएको छ । पछिल्लो सार्वजनिक नतिजाअनुसार कूल खसेको ६८ हजार दुई सय ७१ मध्ये ४१ हजार छ सय ४९ मतगणना सकिएको हो । सार्वजनिक परिणामअनुसार वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका शङ्कर भण्डारीले १९ हजार दुई सय ३५ मत प्राप्त गरेका छन् ।

प्रतिस्पर्धी नेकपा एमालेका किरण गुरुङले १५ हजार छ सय ९५ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले दुई हजार सात सय ५१, राप्रपाका नरेन्द्रप्रताप महतले छ सय ३० मत प्राप्त गरे ।

प्रदेशसभा–१ तर्फ नेकपा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले छ हजार छ सय ३७ मत प्राप्त गर्दा नेकपा एमालेका श्यामराजा महतले पाँच हजार नौ सय १९ मत प्राप्त गरे । प्रदेशसभा–२ तर्फ नेपाली कांग्रेसका जितप्रकाश आलेले छ हजार तीन सय ५५ मत प्राप्त गर्दा नेकपा एमालेका केदार सिग्देलले छ हजार एक सय १३ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 14 =