एनसीसी बैंकको २५औँ साधारणसभाद्वारा ११ प्रतिशत लाभांश पारित

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौँको प्रज्ञा प्रतिष्ठान भएको साधारणसभाले ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसमेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । सभाबाट पारित ३.३६६३ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ पुग्ने बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले वृद्धि भई रू. १४१ अर्ब ५० करोड पुगेकाे छ । त्यसैगरी बैंकले रू. १२४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्घि हासिल गरेको छ ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा र १४४ एटिएम र १५ एक्टेन्सन काउण्टर मार्फतसेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *