सप्तरी २ मा सीके राउतको अग्रता कायमै, पछ्याउँदै उपेन्द्र यादव
२०७९ मंसिर ५ गते

सप्तरी । सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार सीके राउत दोब्बर मतका साथ अग्रता कायम गरेका छन् ।
राउतले १६३४ मत प्राप्त गर्दा जसपाका उम्मेदवार उपेन्द्र यादवले ६७० मत पाएका छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जय प्रकाश ठाकुरले ४९१ मत पाएका छन् ।
त्यहाँ दुवै क्षेत्रको प्रदेशसभातर्फ जनमत पार्टीकै उम्मेदवारले अग्रता बनाएका छन् ।
हाल मत गणना जारी छ ।
२०७९ मंसिर ५ गते
प्रतिक्रिया








