बाजुरामा अनेरास्ववियु नेताको हत्या

काठमाडौँ । बाजुरामा अनेरास्ववियुका नेताको हत्या गरिएको छ । आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका-७ का चेतन अयडीको हत्या गरिएको हो ।

निर्घात कुटपिटबाट घाइते भएका अयडीको अछामको बयलपाटा पुर्‍याउँदैगर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पताल पुगाउने बित्तिकै चिकित्सकले अयडीको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् ।

दिउँसो मतदानको समयमा बुध कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात् विवादले चर्को रूप लिएको थियो । सुरक्षाकर्मीको गोली लागेर स्थानीय कांग्रेस कार्यकर्ताको सञ्जीव अयडीको मृत्यु भएको थियो । सञ्जीवको मृत्युपछि कांग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्तामाथि कुटपिट गरेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *