युएईका आयान खान बने एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलाकै उत्कृष्ट खेलाडी

काठमाडौँ । युएईका लागि पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खला खेलेका आयान अफ्जल खान एकदिवशीय शृङ्खलाकै सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

घरेलु टोली नेपालले भ्रमणकारी टोली युएईविरुद्धको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको सँगै बलिङ र ब्याटिङमा उत्कृष्ट छाप बनाएका आयानलाई सर्वोत्कृष्ट खेलाडीको पुरस्कार दिइएको हो ।

आयानले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

शुक्रवार भएको शृंखलाअन्तर्गत पहिलो खेलमा आयानले ४ विकेट लिएपछि नेपाल ८४ रनले पराजित भएको थियो । डेब्यू खेलमै उनले १० ओभरमा १४ रन खर्चेर ४ विकेट लिएका थिए । शृङ्खलाको तीन खेलमा ३० ओभर बलिङ गरेका आयानले कुल १० मेडन राख्दै ७४ रन खर्चिए ।

उनले शृङ्खलाको तीन खेलमा क्रमशः २६। २ र ५४ गरी कुल ८२ रन बनाए । आज भएको निर्णायक खेलमा आयानले आठौँ नम्बरमा ब्याटिङ गरी ५४ रनको अविजित अर्धशतकीय पारी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *