शानदार ब्याटिङसँगै नेपालले जित्यो युएईविरूद्धको सिरिज

काठमाडौं । घरेलु टोली नेपालले भ्रमणकारी टोली युएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको निर्णायक तथा तेस्रो कदिवसीय खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज २-१ ले जितेको हो।

युएईले दिएको १ सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा ४ विकेट गुमाएर १ सय ८० रन जोड्दै पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ खेले ।

दुई पटक जीवनदान पाएका आसिफले अविजित रहदै सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ खेले । उनले १ सय १९ बलमा १२ चौका प्रहार गरे ।

यस्तै मल्लले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनको योगदान दिए । कप्तान रोहित पौडेलले १० तथा ओपनर अर्जुन साउद ९ रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरी सुन्य रनमा रन आउट भए । हरिशंकर साह सुन्य रनमा अविजित रहे ।युएईका हजरत बिलाल र आयन अफजल खानले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

युएईका लागि आयन अफजल खानले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । हजरत बिलालले अविजित २० रन बनाए ।

मात्र ९३ रन जोड्दा ९ विकेट गुमाएको युएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे।

यस्तै अलिशन शराफुले ३३ रन बनाए । रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए ।

नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।

यस्तै कप्तान रोहित पौडेलले आफ्नो कप्तानी डेब्युमै नेपाललाई एकदिवसीय अन्तराष्ट्रिय सिरिज जिताएका छन् । सन्दीप लामिछाने निलम्बन भएपछि क्यानले यसै सिरिज अघि रोहितलाई कप्तानी दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *