भोजपुर बम विस्फोटको जिम्मा विप्लवले लियो
२०७९ कार्तिक ३० गते

|विप्लव महासचिव। तस्बिरः फाइल|
काठमाडौँ । भोजपुरमा भएको बम विस्फोटको जिम्मा विप्लवले लिएको छ ।
भोजपुरमा भएको टिफिन बम विस्फोट जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको हो ।
मंसिर ४ गते हुने निर्वाचन बहिष्कार अभियान चलाइरहेको विप्लव नेकपाले प्रचण्ड सहभागी हुने चुनावी सभानजिकै बम विस्फोटको जिम्मा लिएको हो।
विस्फोटबाट अरुण गाउँपालिका–४, चरम्वीका सुमन श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। उनी विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको खुलेको छ।
२०७९ कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित








