यती स्काई क्लबका सदस्यलाई विभिन्न रेष्टुरेण्टमा ५० प्रतिशतसम्म छुट

काठमाडौँ । यती एअरलाइन्सका स्काई क्लब सदस्यहरुले अब भोज डिल्समा छुट पाउने भएको छन् ।

प्रसिद्ध फुड एप भोज डिल्ससँगको सहकार्यमा यतीले आफ्नो स्काई क्लबका सदस्यहरुलाई काठमाडौंका १५० वटा भन्दा बढी रेष्ट्ररेण्टहरुमा डिस्काउण्ट पाउने व्यवस्था मिलाएको हो । भोज डिल्सको ‘डाइन इन डिल्स’ अन्तर्गतका पार्टनर रेष्ट्ररेण्टहरुमा बिल भुक्तानी गर्दा यती एअरलाइन्सको स्काई क्लब कार्ड देखाएमा १० देखि ५० प्रतिशतसम्म छुट हुनेछ ।

यती एअरलाइन्सले लोयल्टी प्रोग्राम अन्तर्गत स्काई क्लबको सदस्यता लिएका यात्रुहरुलाई माइलेज प्वाइन्ट्सका आधारमा निःशुल्क हवाई टिकट प्रदान गर्दै आइरहेको छ भने आफ्ना फ्रिक्वेन्ट फ्लायर्सहरुलाई थप सुविधा दिने उद्देश्यले ‘डाइन इन डिल्स’मा यो छुटको सुुविधा दिने व्यवस्था मिलाइएको हो ।

यो सुविधा मंसिर १ बाट काठमाडौं उपत्यकाका विभिन्न १५० वटा भन्दा बढी रेष्ट्ररेण्टहरुमा लागू हुनेछ । कुन रेष्ट्ररेण्टमा कति छुट पाउने भन्ने जानकारी यती एअरलाइन्सको वेबसाइटबाट लिन सकिने छ ।

यती स्काई क्लबको नयाँ सदस्य बन्नका लागि एअरलाइन्सको वेबसाइट वा यती मोबाइल एप्स मार्फत् अनलाइन रिक्वेस्ट पठाउन सकिने र ०१–४४८७०२० मा सम्पर्क गरेर पनि सजिलै निःशुल्क सदस्यता लिन सकिने जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =