बुद्ध एयरको ७२ सिटे विमानले पुसबाट सुर्खेत–काठमाडौँ उडान थाल्ने

सुर्खेत । बुद्ध एयरको ७२ सिट क्षमताको विमानले पुसबाट सुर्खेत–काठमाडौँ नियमित उडान भर्ने भएको छ । बुद्ध एयरले बुधबार एक प्रेस विज्ञप्तिमार्फत यस्ताे जानकारी दिएको हाे । कम्पनीका अनुसार भाडादर ७ हजार ५ सय रहने छ ।

नागरिक उड्डयन प्राधिकरणको सहयोग र सहकार्यमा बुद्ध एयरकाे  एटिआर ७२ विमानले बुधबार सुर्खेत विमानस्थलबाट परीक्षण अवतरण गरेकाे छ । बुधबार बुद्ध एयरको एटीआर ७२ विमानको सफल अवतरणसमेत भएको छ । साथै डिसेम्बरभित्र थप दुईवटा एटिआर ७२ जहाज समेत बुद्धले एअरले ल्याउन लागेको जनाएकाे छ ।

लामो समयदेखि सुर्खेत विमानस्थलबाट १८ सिटे हुँदै ४७ सिटे बुद्धको जहाजले नियमित उडान गरिरहेकाे थियो । तर भाडादर महँगो भएकोले भाडादर घटाउनुपर्ने वा ७२ सिटे जहाज सञ्चालन गर्नुपर्ने स्थानीयहरूले माग राख्दै आएका थिए ।

सुर्खेत विमानस्थलबाट भाडादर महँगो भएपछि सुर्खेतलगायत कर्णालीका अधिकांश नागरिक नेपालगन्जबाट उडान भर्न बाध्य थिए । यसै विषयमा सुर्खेत उद्योग वाणिज्य संघले सुर्खेतमा ७२ सिटे विमानको उडान हुनुपर्ने वा भाडादर घटाउनुपर्ने विषयमा लामो समयदेखि कुरा उठाउँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =