राजनितिक दल र उम्मेदवारले भोलि मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाउने
२०७९ कार्तिक ३० गते

काठमाडौँ । राजनितिक दल र उम्मेदवारले भोलि(बिहीबार) मध्यरातिदेखि चुनाव प्रचारप्रसार गर्न नपाउने भएका छन् । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनै पनि कार्यक्रम गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
‘मंसिर १ गते रातिबाट सबै काम निषेध हुन्छ, केही गर्न पाइँदैन,’ आयुक्त रामप्रसाद भण्डारीले भने । आयोगले दल र उम्मेदवारलाई प्रचार प्रसारको लागि १७ दिन दिएको थियो ।
अघिल्ला चुनावमा मतदानको ४८ घण्टाअघिको समयलाई मौन अवधि भनिएको थियो । तर यसपटक मौन अवधिलाई आयोगले हटाएको छ ।
२०७९ कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित








