सुनको मूल्य बढ्यो, चाँदीको कति ?
२०७९ कार्तिक ३० गते

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । यस दिन छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार २ सय रुपैयाँ र तेजाबी सुन तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले छ । यस दिन चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
२०७९ कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित









