नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल बुधबार हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले भोलि बुधबार दशरथ रंगशालामा साँझ ५:३० बजे पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएकाे छ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि नेपालसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

करिब तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानलाई घरेलु मैदानमा हराउने नेपालले  लक्ष्य लिएको छ । पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलअघि आज मंगलबार दशरथ रंगशालामा आयोजित प्रि-म्याच कन्फरेन्समा नेपालका मुख्य प्रशिक्षक प्रवेश कटुवालले घरेलु मैदानमा जित निकाल्न टिमको मनोबल उच्च रहेको बताएका छन् ।

नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा ढाकामा खेलेको थियो । साफ च्याम्पियनसिप अन्तर्गत भएको उक्त खेलमा नेपाल पाकिस्तानसँग २-१ ले पराजित भएको थियो ।

मुख्य प्रशिक्षक कटुवालले छोटो समयमा राम्रो टिम बनाएको बताएका छन् । पाकिस्तान फुटबलका मुख्य प्रशिक्षक शहजात अनवरले नेपालविरुद्ध राम्रो खेल खेल्नेमा आफू र आफ्नो टिम आशावादी रहेको बताएका छन् ।

अनवर भन्छन्, ‘पाकिस्तान फुटबल पछिल्लो समय संकटमा रह्यो । तर, अहिले राम्रो तयारी छ । आशा छ, नेपालविरुद्धको खेल  राम्रो खेल हुनेछ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =