दुई महिनाअघि मात्रै आमा गुमाएका महेश बाबुलाई पितृशोक

एजेन्सी । दक्षिण भारतीय अभिनेता महेश बाबुलाई पितृ शोक परेको छ। मंगलबार बिहान उनका बुवा शिवा रामा कृष्णा घट्टामनेनीको निधन भएको हो।

उनको निधन कार्डियक अरेष्ट (हृदयाघात)का कारण भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ।

दुई महिनाअघि मात्रै सुपरस्टार महेश बाबुको आमा इन्दिराको निधन भएको थियो।

श्वासप्रश्वासमा असहज हुन थालेपछि उनलाई हिजो हैदराबादको कन्टिनेन्टल अस्पतालमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर २० मिनेट उपचार गरेपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

यही वर्ष जनावरीमा महेशका दाइ रमेश बाबुको पनि निधन भएको थियो। उनलाई लामो समयदेखि फोक्सोमा समस्या देखिएको थियो।

कृष्णा घट्टामनेनी १९७० र ८० दशकको चर्चित अभिनेता हुन्। उनी तेलुगु फिल्म क्षेत्रमा सुपरस्टार कृष्णाको नामले परिचित थिए। उनले करिब ३५० फिल्ममा अभिनय गरिरहेका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार कृष्णा आफ्नो श्रीमतीको निधनपछि डिप्रेसनमा थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *