अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण

एजेन्सी । अमेरिकाले शनिबार इरानमा ‘केही स्थानमा’ नयाँ आक्रमण गरेको जनाएको छ ।

यो आक्रमण स्ट्रेट अफ हर्मुज हुँदै गन्तव्यतर्फ गइरहेको एउटा जहाजमाथिको पछिल्लो आक्रमणको जवाफमा गरिएको हो ।

‘व्यावसायिक ढुवानीविरुद्ध इरानको निरन्तर आक्रामकताको प्रत्यक्ष जवाफमा अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले आइतबार इरानमाथि आक्रमण गरेको छ,’ सेन्टकमले भनेको छ ।

सेन्टकमले दिएको थप जानकारीमा भनिएको छ, डइरानले २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल बोकेको पानामाको झन्डा भएको तेल ट्याङ्कर ‘किकु’ माथि शनिबार आक्रमण गरेको थियो ।

इरानले इन्धन बोकेको ट्याङ्करलाई आक्रमण गरेपछि आइतबार अमेरिकाले प्रतिक्रियास्वरूप इरानका निश्चित स्थानमा हवाई आक्रमण गरेको वासिङ्टनले बताएको छ ।

सेन्टकमले पछि ट्विटरमा ३५ सेकेन्डको एउटा धमिलो भिडियो पोस्ट गरेको थियो, जसमा आकाशबाट खिचिएको विभिन्न क्षेत्रमा भएको विस्फोट देखिन्छ।

‘किकु माथि इरानको ड्रोन आक्रमणको जवाफमा अमेरिकी नौसेना र वायुसेनाका लडाकु जेटहरूले स्थानीय समय अनुसार शनिबार राति स्ट्रेट अफ हर्मुज र आसपासका क्षेत्रमा १० वटा इरानी सैन्य लक्ष्यहरूमाथि आक्रमण गरेका छन्,’ पोस्टमा लेखिएको छ ।

अमेरिकी सेनाले यो पछिल्लो आक्रमणले इरानको निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा स्थल, ड्रोन भण्डारण सुविधा र समुद्रमा विस्फोटक पदार्थ बिछ्याउने क्षमतालाई लक्षित गरेको थियो ।

इरानी सञ्चार माध्यमहरूले दक्षिणी इरानको सिरिक र केश्म क्षेत्रमा धेरै विस्फोटहरू भएको रिपोर्ट गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले शुक्रबार पनि इरानले अर्को जहाज ‘एभर लभ्ली’ माथि गरेको आक्रमणको जवाफमा आक्रमण गरेको थियो ।

–अमेरिकी आक्रमणको बदलामा कुवेत र बहारिनमाथि आक्रमणः इरान–

यसैबीच, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्सले आइतबार अमेरिकाले इरानी भूमिमाथि गरेको आक्रमणको बदलामा कुवेत र बहारिनमाथि आक्रमण गरेको जनाएको छ । यसका साथै गार्ड्सले कुनै पनि थप आक्रामकता भए ‘कडा’ जवाफ दिने चेतावनी दिएको छ ।

गार्ड्सले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘उनीहरूले कुवेतको अलि अल–सलेम र बहराइनको पोर्ट सलमानमा रहेको अमेरिकी नौसेना अड्डा (फिफ्थ फ्लिट) मा रहेका आठ महत्वपूर्ण अमेरिकी सैन्य सुविधाहरूमा भारी विस्फोटक पदार्थले प्रहार गरेका छन् ।

कुनै पनि शत्रुको आक्रमण नगण्य लक्ष्यमा भए वा जुनसुकै बहानामा भए पनि त्यसको सपना चकनाचुर पार्नेगरी जवाफ दिइनेछ, गार्ड्सले थपेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =