नेपाल यूएईसँग ८४ रनले पराजित

काठमाडौँ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा यूएईसँग नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ८४ रनले पराजित भएको हो ।

यूएईले दिएको २६४ रनको लक्ष्य पछ्याउँदै नेपालले ९ विकेटको क्षतिमा १७९ रन मात्रै बनाउन सक्याे । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र अर्जुन साउदले अर्धशतक बनाए । ऐरीले ८४ बलमो ५४ रन र साउँदले ७९ बलमा ५१ रन बनाए ।

त्यस्तै, गुल्सन झाले १९ र आरिफ शेखले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । यूएईका लागि आयान अफ्जल खानले चार र बसिल हमीदले दुई तथा जहूर खान, रोहन मुस्ताफा र अहम्द राजाले एक-एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले सात विकेटको क्षतिमा २६३ रन बनाएको थियो । यूएईका लागि रोहन मुस्ताफाले ५३, मुहम्मद वासीमले ४४, वृत्य अरविन्दले ४०, अलिशान सरफुले २९, अहम्द राजाले २७ र आयन अफ्जल खानले २६ रन बनाएका थिए ।

त्यस्तै, नेपालका लागि गुल्सन झाले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए । अब नेपाल र यूएईबीचको दोस्रो खेल बुधबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *