एमाले र सीताराम, हनुमानसँग दुस्मनी गर्ने आफैँ सिद्धिन्छन् : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेसँग दुस्मनी गर्नेहरु आफैँ परास्त भएर जाने बताएका छन् । चितवनमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘मैले माडीलाई मणी बनाउँछु भनेको थिएँ,’ उनले भने, ‘मैले रामलाई जन्मभूमिमा ल्याउन खोज्दा यतैका एक नेताले गदा बोकेको हनुमान ल्याए मलाई सिध्याउन भने । एमालेसँग र सीता, राम, हनुमानसँग दुस्मनी गर्न आफैँ सिद्धिएर जान्छन् ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उनले भने ‘अहिले देख्नु भयो गोरखामा पनि के अवस्था भोट हालेर होइन वियरको बोतलले हानेर चुनाव जित्न खोजिँदै छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *