मंसिर ४ गतेका न्यायाधीश जनता हुन् : यामलाल कँडेल 

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज तथा सुर्खेत क्षेत्र नं.२ प्रदेश सभा ‘क’ का उम्मेदवार यामलाल कँडेलले मंसिर ४ गतेका निम्ति जनता न्यायाधीश भएको बताएका छन् ।जनताले गर्ने फैसलाले जनताकै भविष्य निर्धारण गर्ने उनले बताए ।
‘फैसला गर्दा के फैसला गर्नुहुन्छ, तपाइँकै फैसलाले तयाइँकाे भविष्य र तपाइँकाे अवस्थालाई परिवर्तन गर्न सघाउँछ, उनले भने ।
अहिले देशैभरि जनता दुई ध्रुवका विभाजित बताउँदै उनले केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेको पक्षमा जनता एकपछि अर्को स्वत: उल्टिएर जनसागरमा परिणत भएर नेकपा एमालेका सभाहरू भइरहेको बताए ।
आइतबार वीरेन्द्रनगर सुर्खेतमा भएको नेकपा एमालेको आमसभालाई सम्बोधन गर्दै नेता कँडेलले गठबन्धन सिद्धान्त र विचार नमिल्नेहरूको समूह भएको र यसले जनताको अवस्था परिवर्तन गर्न नसक्ने संज्ञा दिए ।
कांग्रेस र माओवादीको अस्तित्व हराएको बताउँदै उनले भने, ‘आज कांग्रेस आयो भन्ने नारा सुनिँदैन माओवादी आयो भन्ने नारा सुनिँदैन गठबन्धन आयो भन्ने सुनिन्छ यस्तै हो भने केही वर्षमा गठबन्धन पार्टी नै बन्न सक्छ ।’
नेता कँडेलले नेकपा एमालेले कर्णाली र देशमै विकास गर्न सक्ने बताउँदै अब एमालेमा झन् आकर्षण बढ्दै जाने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *