थाक्रेमा १७ जनाले त्यागे एमाले, एकीकृत समाजवादीमा प्रवेश

धादिङ । जिल्लाको थाक्रे गाउँपालिकामा एमाले परित्याग गरी १७ जना नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । नव प्रवेश गरेकाहरूलाई नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष तथा बागमती प्रदेश सरकारको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले माला लगाइ स्वागत गरे ।

केही दिन अघि थाक्रे गाउँपालिका वडा नं ३ मा १५ जना युवाहरू एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । नेकपा एस प्रवेश गर्नेहरूमा बेग बहादुर तामाङ, आशिका तामाङ, शुमन तामाङ, विमल तामाङ, दिपेस तामाङ, कान्छा तामाङ, जगत बहादुर तामाङ, जीवन तामाङ, विनोद तामाङ, रेशम तामाङ, डिल बहादुर तामाङ, जेठा तामाङ, अर्जुत तामाङ, छविलाल तामाङ, राम बहादुर तामाङलगायत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =