गोलाघाटलाई पर्यटकीय हव बनाइन्छ : जगन्नाथ पौडेल

चितवन । चितवन क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले गोलाघाट क्षेत्रलाई पर्यटकीय हवको रूपमा विकास गरिने बताएका छन् ।

शनिवार गोलाघाट क्षेत्र अवलोकन गर्दै त्यहाँ रहेका होटल व्यवसायी तथा पर्यटन व्यवसायीसँग उनले भने, ‘यस क्षेत्रलाई प्राथमिकतामा राखिन्छ, पर्यटकीय हब बनाइन्छ ।

चितवनको ३ नं क्षेत्र पर्यटनका हिसाबले अगाडी रहेको बताउदै गोलाघाट क्षेत्र सौराहा पछिको अर्को नयाँ गन्तव्य रहेको बताए ।

मेघौली बिमानस्थललाई प्रयोगमा ल्याउन सके पश्चिम चितवनले ठूलो फड्को मार्ने उनको दावी छ । गोलाघाट क्षेत्रका व्यवसायीले सडक सुविधा र नया गन्तब्यको प्रचार गर्न सके पर्यटक बढ्ने बताए । पौडेलले भरतपुर २७ र २८ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =