सुकुम्वासी बस्तीमा पुगेका प्रकाशमानले भने- ‘तपाईँहरूको चित्त बुझ्ने गरी काम गर्छु’

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं काठमाडौँ-१ मा सत्ता गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहले सुकुम्वासीहरूका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार बिहान थापाथलीस्थित बागमती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा उम्मेदवार सिंहले सुकुम्वासीका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

भूमि आयोगको प्रतिवेदनलाई आधार मानेर सुकुम्वासीका समस्या चित्त बुझ्दो तरिकाले नै समाधान गर्न आफूले पहल गर्ने उनले बताए । ‘भूमि आयोगले काम सुरू गरिसकेको छ । निर्वाचनका बेला काम रोक्नु भनेर निर्वाचन आयोगले भनेकोले रोकिएको छ,’ उनले भने, ‘सुकुम्वासीका समस्या अध्ययन गरेर स्थायी रूपमै ती समस्या समाधान गर्छौँ ।’

सिंह आज बिहान थापाथलीस्थित बागमती नदी किनारका सुकुम्वासी बस्तीमा पुगेका थिए । ‘भूमिहीनको चित्त बुझ्ने गरी हामी काम गर्छौँ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =