कर्णालीका तीन जिल्लामा सम्बोधन गर्दै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णाली प्रदेशका तीनवटा जिल्लाका आमसभालाई आज सम्बोधन गर्दैछन् ।

हिजो सुदूरपश्चिम प्रदेशको डोटी र धनगढीका आमसभालाई सम्बोधन गरेका ओलीले आज कालिकोट, दैलेख र सुर्खेतका आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कालिकोटको मान्मा, दैलेखको क्षेत्र नं २ अन्तरगत विन्द्रासैनी चौर र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने चुनावी आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । देश दौडाहामा निस्किएका ओली हिजो राति नेपालगन्जमा बसेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *