काठमाडौँका नदी किनारका सुकुम्बासी आवस १० दिनभित्र हटाउन चेतावनी

काठमाडौँ । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेको सुकुम्बासी आवास हटाउन सूचना जारी गरेको छ ।

समितिले शुक्रबार सूचना जारी गर्दैै नदी किनारामा अनाधिकृत रूपमा निर्माण गरिएका घर टहरालगायतका संरचना र सामग्री १० दिनभित्र हताउन आदेश दिएको हो ।

उक्त अवधिभित्र संरचना नहाए समितले महानगरपालिकालगायत सरोकारवाला निकायको समन्वयमा भत्काउने चेतावनी समेत दिएको छ ।

सूचनामा भनिएको छ– ‘काठमाडौं उपत्यका भित्रका बागमती र यसका सहायक नदी किनाराहरुमा तोकिएको मापदण्डभित्र अनाधिकृत रुपले बनाइएका घररटहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरुका कारण नदीको दुबै किनारातर्फको सौन्दर्यीकरण कार्यमा गम्भीर अवरोध पर्न गएको हुँदा पटक–पटक सार्वजनिक सूचना मार्फत सूचित गर्दा पनि उक्त सूचनाको वेवास्ता गरी हालसम्म पनि नदीको दायाँ बायाँ किनारा खाली गरेको नपाइएको हुँदा सूचना मिति २०७९ मङ्सिर ४ गतेसम्म अनिवार्य रुपमा त्यस्ता घररटहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरु हटाउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *