ओलीप्रति हर्कको कटाक्ष : हाउडेले कोसीको पानी ल्याउँछु भनेर चुनौती नदिँदा हुन्छ

धरान । धरानका मेयर हर्क साम्पाङले नेकपा एमाले का अध्यक्ष केपी ओलीप्रति कटाक्ष गर्दै कोसीको पानी ल्याउने ओलीको भाषणलाई ‘गफ’ भनेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा ओलीप्रति तीखो टिप्पणी गर्दै हर्कले लेखेका छन्, ‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई सयर गराउनेले कोसीको पानी ल्याउने गफ दिएछ। म ल्याउँछु पानी कोसीको। धेरै चुनौती नदिँदा हुन्छ हाउडेले’

आज ओलीले धरानमा चुनावी सभाका क्रममा आफ्नो सरकार बने कोसीको पानी ल्याउने बताएका थिए। त्यसैको जवाफमा हर्कको यस्तो भनाई आएको हो।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eleven =