बयल गाडा चढेर अमेरिका पुगिन्न भन्नेको नाम लिन चाहन्नँ : महासचिव भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बयल गाडा चढेर अमेरिका पुगिन्न भन्नेको आफूले नाम लिन नचाहने बताएका छन् । बाम लोकतान्त्रिक गठबन्धनले काठमाडौँ १० मा गरेको वृहत चुनावी सभामा महासचिव भुसालले अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको भएको बताए ।

उनले भने, ‘संविधान च्यात्न खोज्ने र जोगाउनेबीचको लडाइँ हो, अब तपाइँहरु संविधान च्यात्नेलाई मत दिनुहुन्छ कि, जोगाउनेलाई मत दिनुहुन्छ ।’

महासचिव भुसालले संविधान रक्षाको लागि गठबन्धन बनेको बताए । उनले भने, ‘देशमा दुई गठबन्धन छ, एउटा गठबन्धन संविधान रक्षाको लागि, गणतन्त्रको रक्षाको लागि बनेको छ, अर्को गठबन्धन संविधान खारेज गर्न, राजतन्त्र व्यूताउनको लागि बनेको छ ।’

महासचिव भुसालले उपलब्धीको रक्षाको लागि बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई मत दिन आग्रह गरेका छन् । उनले प्रतिगामीलाई परास्त गर्न, संविधानको रक्षा गर्न बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई जिताउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =