ऐतिहासिक जितसहित इङ्ल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, भारत बाहिरियो

काठमाडाैँ । आइसिसी टि २० विश्वकपमा भारतलाई १० विकेटले पराजित गर्दै इङ्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ।

भारतले दिएको १ सय ६९ रनको विजयी लक्ष्य इंग्ल्यान्डले बिना क्षति ४ ओभर बाँकी हुँदै पूरा गर्यो। इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्स ४७ बलमा ४ चौका र ७ छक्कासहित ८६ रनमा अविजित रहँदा कप्तान जस बटलर ४९ बलमा ९ चौका र ३ छक्कासहित ८० रनमा अविजित रहे। उनीहरुको यो टि २० कै ऐतिहासिक पार्टनरसिप हो।

जस बटलरले विजयी छक्का हान्दै भारतलाई घर फर्काएका थिए। इंग्ल्यान्डले अब उपाधिको लागि आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए भने बिराट कोहलीले अर्धसतक बनाएर आउट भए।

दुई ब्याटरको अर्धसतकमा सम्मानजनक स्कोर बनाए पनि बलर नचल्दा भारतको सपना चकनाचुर भएको थियो। यसअघि इंग्ल्यान्डले सन् २०१० मा र पाकिस्तानले २००९ को टि २० विश्वकप जितेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *