घरदैलोमा पुगेर उमेश श्रेष्ठले भने : देश धनी बनाउन राजनीतिमा आएँ

चितवन । चितवन क्षेत्र नं २ का सत्तारुढ गठबन्धनका उमेदवार उमेश श्रेष्ठले देश धनी बनाउन आफू राजनीतिमा आएको बताएका छन् ।

लगातार घरदैलो कार्यक्रम गरिरहेका श्रेष्ठले मतदाताहरुलाई भने, ‘देश धनी बनाउन म राजनीतिमा आएँ, तपाईको सेवक हुने अवसर दिनुहोस ।’ देश धनी हुन यहांँका साधन श्रोतलाई सही रुपमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो । ‘देश धनी भए व्यक्ति धनी हुन्छ ।

म देश धनी बनाउननै राजनीतिमा आएको हुँ’ उनले भने । चितवन शिक्षा स्वास्थ्य पर्यटन कृषिको हब भएकोले यसलाई प्रर्वद्धन गर्न सके विकासले कोल्टे फेर्ने उनले बताए । व्यवसाय क्षेत्रमा झण्डै पाँच दशक सेवा गर्दै आएको बताउँदै उनले भने, ‘अबको समय जनताको सेवा गर्नेछु अवसर दिनुहोस् ।

व्यवसायिक कृषिलाई सरकारले जोड दिनुपर्ने भन्दै श्रेष्ठले देशको प्रगतिको लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्ने बताए । २३ वर्षपछि पुनः चितवनमा गठबन्धनले आफूलाई उम्मेद्वार बनाएर अवसर दिएको भन्दै एकपटक मौका दिन उनले आग्रह गरे । ‘मलाई एकपटक अवसर दिनुहुन्छ विश्वास छ, म तपाईको सेवक हुनेछु’ उनले भने ।

मंसिर ४ गते परीक्षाको घडी भएको भन्दै कांँग्रेसले २३ वर्षपछि इतिहास कोर्नका लागि आम मतदातालाई जिताउन उनले आग्रह गरे । आफूले जितेमा यो क्षेत्रमा विकासका लागि सम्पर्क कार्यालय स्थापना गरी हरेक जनताको समस्याको समाधान गर्ने उनले प्रतिबद्धता जनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =