मन्त्री कुँवरले मतदातालाई भने : ‘तपाईं गठबन्धनलाई भोट दिनुहोस्, हामी अछाम जिल्लाको काम गर्ने छौं’

काठमाडौँ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा सत्ता गठबन्धनका तर्फबाट अछाम जिल्ला प्रतिनिधि सभा सदस्य उम्मेदवार शेरबहादुर कुँवरले संविधानको रक्षा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ विकासका लागि वाम गठबन्धनका उम्मेदवार लाई जिताउन अनुरोध गरेका छन् ।

अछाम जिल्लाको चौतर्फी विकासका लागि आफू सधै प्रतिबद्ध भएर लाग्ने बताउदै मन्त्री कुवरले ग्रामीण क्षेत्रको विकास नै देशको विकास भएकोले गाउघरको विकासका लागि विशेश जोड दिने बताए ।

उनले भने, ‘गाउँको विकासमा लागि निरन्तर खट्ने छु । यसका लागि गठबन्धनलाई जिताउँनुहोस् । मेरो काम भनेको अछाम जिल्लाको चौतर्फी विकास गर्नु हो । तपाईँ गठबन्धनलाई भोट दिनुहोस्, हामी अछाम जिल्लाको काम गर्ने छौं ।’

जिल्लाको स्वास्थ,शिक्षा,सडक,संचार सरसफाइ र खानेपानीको क्षेत्रमा आफ्नो पहलमा भए गरेका बिकासको स्मरण गराउदै मन्त्री कुवरले सुखी र समृद्ध अछामको सपना पूरा गराउन साझा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लाइ जिताउन सबै मतदाता लाई आग्रह गरे ।

मेल्लेख गाउँ पालिका वडा नम्बर ७ को नन्देगडा र वडा नम्बर ६ शोडसामा भएको चुनावी सभामा बोल्दै नेपाली काग्रेशका केन्द्रीय सदस्य एंब पुर्ब मन्त्री गोबिन्दबहादुर शाहले सबै पार्टीका नेता कार्यकर्ता इमान्दार भएर गठबन्धनका उम्मेदवारलाई विजय गराउन पहल गर्नु पर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =