देउवा र प्रचण्ड दार्चुलामा

काठमाडौँ । चुनावी कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’दार्चुला आएका छन्।

दार्चुलाको गोकुलेश्वरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न उनीहरु आइपुगेका हुन्।

संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई ध्यानमा राखेर चुनावीसभा आयोजना गरेको हो।

दार्चुलामा प्रतिनिधिसभा सदस्यका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू तथा प्रदेशसभा क मा कांग्रेसका विक्रमसिंह धामी र प्रदेशसभा ख मा माओवादी केन्द्रका मानबहादुर धामी चुनावी मैदानमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =