भूकम्पले भत्कायो घर (तस्बिरहरू)

काठमाडाैँ । डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको भने धेरै धनजनको क्षति भएको छ । बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको छ ।

यस्तै गाउँपालिकाकै उपरकाँडा र बलकट्टेका १५० भन्दा बढी घरमा आंशिक तथा केही घरमा पूर्ण क्षति भएको स्थानीय मीनबहादुर साउँदले बताए। जिल्ला प्रशासन कार्यालय डोटीकी सूचना अधिकारी दीपा जोशीका अनुसार सायल गाउँपालिकाका अधिकांश घरमा क्षति भएको छ।

अन्य ठाउँमा पनि क्षति भएको र क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताइन् । घाइते भएका ६ जनालाई हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको भूकम्पको धक्का कैलालीसहित सुदूर पहाडका सबै जिल्लामा महसुस गरिएको थियो ।

तस्बिर : पुष्पकुमार शाही

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *