च्याम्पियन्स लिग : पीएसजी र बार्यन, रियल र लिभरपुल अन्तिम १६ मै भिड्ने

काठमाडाैँ । युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ। सोमबार साँझ सार्वजनिक भएको खेल तालिकामा दुई खेल भने विशेष हुने भएका छन् । गत सिजनका विजेता र उपविजेता अन्तिम १६ मै भेट हुँदा अर्को खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) र जर्मन क्लब बार्यनम्युनिख भिड्ने भएका छन् ।

गतवर्ष रियल मड्रिडले फाइनलमा लिभरपुललाई पराजित गर्दै उपाधि उचालेको थियो । यसपटक यी दुई मध्ये एक टोली अन्तिम १६ बाटै बाहिरिने पक्का भएको हो ।

यस्तै गत सिजन रियल मड्रिडसँग पराजित पीएसजीले यससिजन पनि अन्तिम १६ मा कठिन प्रतिद्वन्दी पाएको हो ।

च्याम्पियन्स लिग जित्नकै लागि मेस्सी, नेइमार र एमबाप्पे जस्ता ट्रिओ जम्मा पारेको पीएसजी च्याम्पियन्स लिग जित्न चाहन्छ । तर यस पटक पनि उसका लागि बार्यन सहज प्रतिस्पर्धी होइन। यी दुई टोलीलाई मुख्य दाबेदार मानिएको छ ।

बायर्न समूह चरणमा सतप्रतिशत जित निकाल्दै समूहविजेताका रुपमा अन्तिम १६ मा पुगेको थियो । यस्तै पीएसजी भने दुई बराबरी र चार जितसहित समूहको उपबिजेता बन्दा अन्तिम १६ मा कठिन प्रतिद्वन्द्वी पाएको हो ।

अरु खेलमा म्यानचेष्टर सिटीले आरबी लिपजिक, बेन्फिका र क्लब ब्रुग, एसी मिलान र टोटनह्याम, नापोली र इन्ट्राच फ्रान्कफर्ट, चेल्सी र बोरुसिया डर्टमुन, इन्टर मिलान र पोर्टो भिड्ने भएका छन् ।

प्रि–क्वार्टफाइनलका खेलहरु फेब्रुअरी १४ देखि सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *