प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मधेश प्रदेश (भिडिओ)

काठमाडौँ । मधेस प्रदेश प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बागमती प्रदेशसँगको खेल टाई भए पनि मधेस ३ खेलबाट पाँच अङ्क जोड्दै सेमिफाइनलमा पुगेको हो ।

बागमती भने यसअघि नै प्रतियोगिताबाटै बाहिरिइसकेको छ । सोमबार किर्तिपुरस्थीत त्रिवि मैदानमा भएको खेलमा मधेशले दिएको १९१ रनको लक्ष्य पन्छाएको बागमती ४९.२ ओभरमा १९० रनमा अलआउट भएपछि खेल टाई भएको हो ।

खेल टाई भएपछि दुबै टोलीले एक एक अङ्क बाँडेका हुन् । बागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ४०, रित गौतमले ३२, ईसान पाण्डेले ३१, सुर्य तामांगले २८, विवेक मगरले २५ रन जोडे । त्यसअघि टस जितेर ब्याटिङ मधेस ४६.२ ओभरमा १९० रनमा अलआउट भयो । जसमा रोहन विकले सर्वाधिक ६३ रन बनाए ।

त्यस्तै मुलपानी कि्रकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदुरपशि्चमले पहिलो जित निकाल्यो । कर्णालीले दिएको १ सय ५१ रनको लक्ष्य सुदुरपशि्चमले २९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५० रन बनाएको थियो । प्रतियोगिताबाट बाहिरिइसकेको सुदुरपशि्चमको यो सान्त्वना जित हो । कर्णालीको यो लगातार तेस्रो हार हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =