चुनाव नजिकिँदै गर्दा ‘स्क्रिन प्रिन्ट’ व्यापारीलाई भ्याइ नभ्याइ (तस्बिरहरू)

काठमाडौँ । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा बागबजार क्षेत्रमा ‘स्क्रिनप्रिन्ट’ व्यापारीहरूको व्यापार बढेको छ ।

मङ्सिर ४ गते चुनावको मिति नजिकिएसँगै पार्टीको झण्डा, चुनाव चिह्न, टोपी, टिसर्टजस्ता प्रचार सामाग्री बनाउन स्क्रिन प्रिन्ट व्यापारीहरू व्यस्त बनेका हुन् । अघिपछि फुर्सदमा हुने उनीहरू अहिले भने बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म १२ घण्टा व्यस्त रहने गरेको बताउँछन् ।

सामान्यतया अहिले पसलहरूमा कामदारहरू ३-४ जना रहेको तर कार्तिकको पहिलो साता लागेपछि ७-८ जना कामदार थप चाहिने स्थानीय एक व्यापारी बताउँछन् । चुनावमा यस्ता प्रचार सामाग्रीको अत्यधिक माग हुने हुँदा पहिलेदेखि नै व्यापारीहरू त्यस्ता सामाग्री तयार पारेर राख्ने गर्दछन् । स्थानीय व्यापारीअनुसार एउटा निर्वाचनमा यस्ता सामाग्रीहरू ४०-५० लाखको हाराहारीमा बिक्री हुने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *