नागढुंगा नौबीसे सुरूङ मार्ग हेर्न पुगे ओली (तस्बिरहरु)
२०७९ कार्तिक २० गते

काठमाडौँ । चुनावी दौडाहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतवार धादिङ पुगेका छन् । आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गरिएको नागढुंगा नौबीसे सुरूङ मार्ग निरीक्षण गर्न ओली धादिङ पुगेका हुन् ।
तस्बिर : केपी ओलीको सचिवालय

अहिले धादिङको झ्याप्ले खोलामा उक्त सुरुङ मार्ग करिब एक किलोमिटर निर्माण सकिन लागेको छ । आतइबार दिउँसो ओली सुरूङमार्ग अवलोकनमा पुग्दा धादिङ एमालेका उम्मेदवारहरु पनि स्वागतका लागि आएका थिए ।

ओलीले यसअघि नै देश सुरूङ युगमा प्रवेश गरेको बताएका थिए। एमालेले मंसिर ४ को चुनावी घोषणा पत्रमा पनि उक्त कुरा लेखेको छ ।




२०७९ कार्तिक २० गते
प्रतिक्रिया
सम्बन्धित








