नेप्से ४३ अंकले बढ्यो, डेढ अर्बभन्दा माथिको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजारमा भारी वृद्धि आएको छ ।

यस दिन सेयर बजार नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ बिन्दुमा पुगेको छ । यो २ प्रतिशतभन्दा माथिको वृद्धि हो । यस दिन कारोबार रकम समेत बढेकोछ । यस दिन १९ लाख १३ हजार ५ सय ७३ कित्ता सेयर १ अर्ब ५४ करोड ८० लाख ३३ हजार रुपैयाँमा कारोबार भएको छ । यस दिन समुहगत सुचकहरु समेत बढेका छन् ।

यस दिन १८५ कम्पनीको सेयर मूल्य बढेको छ । लघुवित्त कम्पनीहरुको कारोबार र सेयर मूल्य बढ्दा यस दिन समग्र कारोबार नै बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *