गोरखाको विकासमा प्रचण्डले ल्याएका रणनीतिक योजना (पूर्णपाठ)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको विकासका लागि रणनीतिक योजना अगाडि सारेका छन् । उनले रणनीतिक महत्वका ४५ योजनाहरु आइतबार सार्वजनिक गरेका छन्।

उनले सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने भन्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।

उनले गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात गर्ने पनि तर्क गरेका छन्।

के छन् योजना? 

१. पालङटार एयरपोर्टलाई पुनः सुचारू गरिने छ र पालुङटारलाई मौलिक स्मार्ट सिटीका रूपमा विकास गरिने छ।
२. बहउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेघावाटको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन सुरू गरिने छ। साथै अन्य जलविद्युतका सबै सम्भावनाहरूलाई पनि अघि बढाइने छ।
३. पालङ्टार नगरपालिका ७ च्याङलीमा रहने गरी सरकारबाट निर्णय भएर पनि कार्यान्वयन हन बाँकी रहेको कृषि तथा वन विश्वविद्यालय अन्तर्गतको कृषि क्याम्पस सञ्चालन गरिने छ र गोरखाका मा.वि. तथा विभिन्न क्याम्पसहरुलाई थप व्यवस्थित गर्दै प्रविधिक शिक्षालाई विस्तार र शिक्षा क्षेत्रका समस्याहरु हल गरी समग्र शैक्षिक विकासलाई अगाडि बढाइने छ।
४. रणनैतिक महत्व बोकेको बेनीघाट-आरूघाट-लार्के (रूइला नाका) तिब्बतसँग सिमाना जोडने। सडकखण्ड निर्माण कार्य पूरा गरिने छ।
५. गोरखामा अवस्थित पालुङ्टार, गाइखुरटार, च्याङलीटार, धुवाकोटटार, कुन्दुरटार, बुद्धसिंटार, मुच्चोकटार, बुट्टार, घ्याल्चोकटार, आरूटारलगायतका उर्वर टारहरुका साथै निबेलदेखि अँब्रुवासम्मका दरौंदी नदीका किनारका फॉटहरूमा नदि नियन्त्रणका साथ लिफ्टिङ, पम्पिङ। तथा नहरहरूको योजनामार्फत् सिँचाइलाई व्यवस्थित गरी कृषि उत्पादन वृद्धि गर्न योजनाहरु अगाडि बढाइने छ। जिल्लालाई उत्पादनमा आत्मनिर्भर बनाउन सहकारी, निजी र सरकारी क्षेत्रलाई उपयोग गरिने छ।

गोरखा जिल्लालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने छ।
(क) लिगलिगकोट, बुढीकोट, लकाङ्कोट, सिरानचोक गढी, सुलिकोट, ताकुकोट, वारपाक, गोरखा दरबार, मनकामनालाई समेटेर ऐतिहासिक तथा धार्मिक पर्यटकीय सर्किटको रूपमा विकास गरिने। छ।
(ख) सिरानडाँडा-निम्चेपोखरी-दुधपोखरी-नागेपोखरी-नारदपोखरीलाई केन्द्र मानी हिमाली पर्यटनलाई प्रवर्द्धन गर्न राष्ट्रिय पर्यटकीय योजनाको सूचीमा पार्न पहल गरिने छ।
(ग) सिरानचोक, भच्चेक सिरानडाँडा, अजिरकोट र उत्तरी गोरखाको बारपाक, रूविनाला, मनास्लु पदमार्ग, लार्के पास आदि क्षेत्रलाई हिमालय पर्यटनको रूपमा विकास गर्न पहल गरिने छ। संस्कृति र प्रकतिलाई समिश्रण गरी ट्रेकिङ रूट निर्माण गरिने छ। साथ। अध्ययनको आधारमा विशेष सांस्कृतिकग्राम निर्माण गरिनेछ।
(घ) गोरखा दरबार र मनकामना मन्दिरलाई अन्तर्राष्ट्रिय सम्पदा सूचीमा राख्न पहल गरिने छ।
(ङ) २०७२ सालको गोरखा भूकम्पको केन्द्र रहेको बारपाक र भूकम्पपश्चात् विकास गरिएका एकीकृत बस्तीहरूलाई पर्यटनसँग जोडी आयआर्जन वृद्धिका योजना अगाडि बढाइने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =