पिकेको अन्तिम खेलमा बार्सिलोनाको जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले अल्मेरियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले अल्मेरियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा ओसमान डेम्बेले र फ्रेन्की डी जोंगले एक एक गोल गरेका थिए । यस खेलमा खेलको सातौं मिनेटमा रोबेर्ट लेवानडोस्कीले पेनाल्टी मिस गरेका थिए ।

यो जितपछि बार्सिलोना ला लिगाको अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको १३ खेलमा ३४ अंक रहेको छ । त्यस्तै एक खेल कम खेलेको रियल म्याड्रिडको १२ खेलमा ३२ अंक रहेको छ ।

त्यसैगरी अल्मेरियाको भने १३ खेलमा १३ अंक रहेको छ । यस खेलमा बार्सिलोनाका भेट्रान डिफेन्डर जेरार्ड पिकेले आफ्नो अन्तिम खेल खेलेका छन् ।

केहि दिनअघिमात्र फुटबलबाट सन्यास लिएको घोषणा गरेका पिकेले आफ्नो क्यारियरको अन्तिम खेल खेलेका हुन् । पिके आफ्नो अन्तिम खेल ८५ मिनेटसम्म खेलेका थिए ।

२००८ देखि बार्सिलोनामा खेलेका पिकेले कुल ६१६ खेल खेलेका छन् भने ५२ गोल गरेका छन् । उनले बार्सिलोनामा ८ ला लिगा उपाधि र तीन च्याम्पियन्स लिग उपाधिसहित कुल ३० उपाधि जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *