ओलीले प्रचण्डलाई भने, ‘आफ्नै गाउँ चितवनमा टिक्न नसकेर भागेर गोरखा जाने ?’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन लड्न गोरखा जानु परेको टिप्पणी गरेका छन्।
अध्यक्ष ओलीले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने दाहाललाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने तर्कसमेत गरे।
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले दाहालले आफ्नै नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसहारा जीवन गुजार्नु परेको उल्लेख गरे।
सशस्त्र युद्धका कारण पीडामा परेकालाई बेवास्ता गरेर आफ्ना परिवार र आफ्न्तको हितमा मात्रै दाहाल लागिपरेको ओलीको आरोप थियो।
‘देशमा १७ हजार मानिस मारिए। विदुवा छन कति ? एकल छन कति? टुहुराटुहुरी छन कति? बेसहारा बुबा, आमाहरु कति छन कतिरु सरिरमा गोली लिएर, अंगभंग भएर ह्वील चियरमा लौरा टेकेर, बैशाकी टेकेर घसारिएर कोही हिँडेका छन। कोही उठन सक्ने अवस्था छैन। उनीहरुले आवधिक रुपमा उपचार गराईरहनु परेको छ। अनेक पिटाईका कारणले, यातनाका कारणले। अरु विभिन्न देशका इफेक्ट। तर, संचालन गर्ने नेता, तिनका परिवार, तिनका आफन्त मैले भनिरहन परेनु, उनले भने, त्यस्ताका पछाडि नेपाल भित्र मात्रै होइन्, जो आफ्नै गाउँ चितवनमा टिक्न नसकेर भागेर गोरखा जान्छ। अब विदेशमा त्यस्ताका पछाडि लागेर संगठन बनाएर हुन्छ केरु त्यो भन्दा त बरु चुप लागेर सुति खेती गरेर खाए हुन्छ नि। विदेशमा जानु छ, प्रचण्डको संगठन बनाउनु छ। यो कुराबाट सचेत गराएर ती साथीभाइलाई उठाउने कसलेरु त्यसबाट उन्मक्ति दिने कसलेरु यसको जिम्मा प्रवासी नेपाली मञ्चले लिनुपर्छ।’








