सन्दीप लामिछाने पुर्पक्षका लागि जेल चलान (आदेशसहित)

काठमाडौँ । नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा चलान गर्न आदेश दिएको हो ।

लामिछानेविरुद्धको मुद्दामा शुक्रबार थुनछेक बहस सकिएपछि अदालतले यस्तो आदेश दिएको हो । गत मंगलबारदेखि काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश घिमिरेको इजलासमा जारी बहस शुक्रबार सकिएको थियो ।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले १४ कात्तिकमा मुद्दा दायर गरेको थियो । लामिछाने बलात्कार अभियोगमा २० असोजमा पक्राउ परेका थिए ।

क्रिकेटर लामिछानेविरुद्ध परेको मुद्दामाथि जिल्ला न्यायाधीवक्ता कृष्णा भण्डारी र निजी वकिल शान्ति रिसाल काफ्लेले बहस गरेका थिए ।

अब मुद्दाकाे किनारा नलागुञ्जेल लामेछानेले जेलमै बसेर मुद्दा लड्नु पर्ने छ ।

अदालतले ७ मंसिरमा सबै प्रमाणसहित सबै पक्ष अदालतमा उपस्थित हुनसमेत भनेकाे छ ।

यस्ताे छ अदालतकाे आदेश

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *