युइएफए च्याम्पियन्स लिग

पिएसजी समूह उपविजेता, सिटीको पुनरागमन जित

काठमाडौं । युभेन्ट्सलाई २-१ अन्तरले पराजित गरेपनि पेरिस सेन्ड जर्मेन पिएसजी युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह ‘एच’को उपविजेता रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे । उनले एक गोल सहित एक असिस्ट प्रदान गरे । यसैगरि नुनो मेन्डिसले एक गोल थपे । एब्बाप्पेको गोलमा भने स्टार खेलाडी लियोनल मेस्सीको असिस्ट रहेको थियो । युभेन्ट्सका लागि लिओनार्दो बोनुचीले गोल गरेपनि पर्याप्त रहेन ।

समूह ‘एच’ कै अर्को खेलमा बेन्फिकाले मकाबी हैफालाई ६-१ अन्तरले पराजित गर्दै समूह विजेता बन्यो । समान ६ खेलबाट पिएसजी र बेन्फिकाको समान १४ अंक छ । हेड टु हेडमा मा बेन्फिका शीर्षस्थानमा रह्यो । यस बाहेक समान तीन अंक बनाएका युभेन्ट्स र मकाबी समूह चरणबाट माथि बढ्न सकेनन् ।

सिटीको पुनरागमन जित
प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले समूह चरणको अन्तिम खेलमा पुनरागमन जित निकालेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा सिटीले स्पेनिस क्लब सेभियामाथि ३–१ गोलको सहज जित हात पारेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रिको लुइस, जुलियन अल्भारेज रियाद महरेजले एक–एक गोल गरे ।

यता सेभियाका लागि राफ मिरले एक गोल फर्काए । निकाल्दा जर्मन क्लब बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएको छ । जितसँगै सिटीले ६ खेलबाट १४ अंक जोड्यो । सिटी समूह विजेता बन्दा दोस्रो स्थानको डर्टमुन्ड ९ अंक जोड्यो । यस्तै सेभियाले ५ अंक जोड्दा कोपेनहेगन ३ अंक जोडेर पुछारमा रह्यो ।

यसै समूहको अर्काे खेलमा खेलमा डर्टमुण्डले डेनिस क्लब कोपेनहेगनसँग १–१ गोलको खेल्यो । डर्टमुण्डका लागि थोर्गन हाजार्डले गोल गरे । उता कोपेनहेगनका हाकोन अर्नर हाराल्डसनले बराबरी गोल फर्काए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *