रवी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भोली (बिहीबार) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेशसभाको लागि पहिलो पटक चुनावमा सहभागी भएको रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टीले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रममा सभापति रवि लामिछानेको उपस्थितिमा भोली बिहान ११ बजे सार्वजनिक गरिने बताएको छ ।

प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने केही दल अझै बाँकी रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =