नेप्से ७ अंकले बढ्यो

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले बढेको छ ।

यस दिन सेयर बजार नेप्से परिसूचक ७.३२ अंकले बढेर १९३८.३० बिन्दुमा पुगेको छ । यस दिन १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८ सय ७५ रुपैयाँमा ४३ लाख ४६ हजार ७ सय ८ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन १ सय २४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ५६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यस दिन बैंकिङ, ट्रेडिङ र निर्जीवन बीमाबाहेक १० वटा समूहको समूहगत सूचक बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *