आरजु राइस मिलले तोक्यो रञ्जित धानको समर्थन मूल्य, प्रतिकिलो साढे २७ रूपैयाँ

काठमाडौँ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको लगानीमा मोरङको बेलडाँगी डाँडीहाटमा रहेको आरजु राइस मिलले ‘रञ्जित’ जातको धानको समर्थन मूल्य तोकेको छ । उक्त मिलले यो सिजनका लागि रञ्जित धानको समर्थन मूल्य प्रतिकिलो २७ रुपैयाँ ५० पैसा (प्रतिमन ११ सय रुपैयाँ) तोकेको छ ।

यो धान भित्र्याउने कार्य अबको केही दिनमै सुरु हुन लागेको छ । मिलमा धान पुर्याएको २ दिनपछि मात्रै किसानको बैंक खातामा रकम जम्मा गरिदिने मिलेज बुधबार बिज्ञप्तीमार्फत जानकारी दिएको छ ।

उक्त मिलले मिल परिसरमै धान तौल गर्ने अत्याधुनिक मेसिन जडान गरिएको छ । उक्त मेसिनलाई नापतौल गुणस्तर विभागले स्वीकृति दिएको छ ।

आरजु राइस मिलले किसानहरुसँग सहकार्य गर्दै ‘रामधान’ र ‘तेजगोल्ड’ धानका बिऊ किसानहरुलाई अनुदानमा बिक्री वितरण गरेको थियो ।

यो मिल पूर्ण रुपमा स्वचालित प्रविधिमा आधारित छ । मिलमा युरोपको प्रख्यात कम्पनी ‘भुल्लर’का मेसिनहरु जडान गरिएका छन् ।

अबको केही सातापछि मिलले जीरा मसिनो, लङ ग्रेन तथा वास्मती चामल नेपाली बजारमा सस्तो दरमा बिक्रीवितरण गर्ने योजना बनाएको जनाएको छ ।

नेपालले प्रतिवर्ष अर्बौँ रुपैयाँको खाद्यान्न आयात गरिरहेको छ । यसले देशभित्र रोजगारी सिर्जना हुन छोडेको छ भने विदेशी मुद्राको सञ्चितिसमेत कम भएको छ ।

बुद्ध एयरका प्रबन्धन निर्देशक बस्नेतकी छोरीको नामबाट नामाकरण गरिएको उक्त आरजु राईस मिलले नेपाली किसानहरुसँग सहकार्य गर्दै स्वस्थ्य पौष्टिक चामल देशैभर बिक्रीवितरण गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *