एमालेको घोषणापत्र आज : ओलीसँग ‘लाइभ डिबेट’ गर्न सकिने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार दिउँसो साढे १ बजे होटेल याक एन्ड यतीमा घोषणापत्र सार्वजनिक गरिनेछ ।

उनका अनुसार घोषणापत्र सार्वजनिकसँगै अध्यक्ष केपी शर्मा ओलीसँग ‘लाइभ डिबेट’ पनि हुनेछ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मङ्सिर ४ गते हुँदैछ ।

सोही निर्वाचनलाई लक्षित गर्दै एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । नेपाली काङ्ग्रेसलगायत दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =