नेप्से १६ अंकले बढ्दा एनआईसी एसिया बैंकका सेयरधनीले कमाए प्रतिकित्ता ४२ रुपैयाँ

काठमाडौँ । सेयर बजारमा साेमबार दाेहाेराे अंककाे वृद्धि देखिएकाे छ । यस दिन सेयर बजार नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेकाे छ । सेन्सिटिभ परीसूचक समेत ४.९३ अंकले बढेको छ ।

यस दिन ५९ कराेड रूपैयाँमा २२४ कम्आपनीकाे २५ लाख ७४ हजार कित्ता सेयर काराेबार भएकाे छ ।
यस १३ वटै समूहगत सूचक उकालाे लागेका छन् । यस दिन ६५ कम्पनीकाे सेयर मूल्य घटेकाे छ भने ११० कम्पनीकाे सेयर मूल्य बढेकाे छ ।

यस दिन सबैभन्दा बढी कमाउने एनआईसी एसियाका बैंकका सेयर लगानीकर्ता छन् । उनीहरूले प्रतिकित्ता ४२ रूपैयाँसम्म नाफा कमाएका छन् । त्यस्तै याे दिन काराेबारकाे हिसाबले पनि सबैभन्दा बढी रकमकाे काराेबार एनआईसी एसिया बैंककाे सेयरकाे नै भएकाे छ । यस दिन बैंककाे ६ कराेड १७ लाख रूपैयाँ बराबरकाे सेयर किनबेच भएकाे छ ।

यस दिन एभरेष्ट बैंकको ४ करोड ३९ लाख, नबिल बैंकको ३ करोड ८० लाख, प्रभु बैंकको २ करोड ७६ लाख र शिवम् सिमेन्टको १ करोड ६२ लाखको सेयर कारोबार भएको छ ।

यस दिन सयपत्री हाइड्रोपावरका लगानीकर्ताले प्रतिकित्ता २८.५० रुपैयाँ, एसबीआई बैंकका लगानीकर्ताले २२ रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले १९.८० रुपैयाँ, रुपैयाँ र एभरेष्ट बैंकका लगानीकर्ताले २८.१० रुपैयाँ कमाएका छन् ।

तर, अपरहेवाखोला हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहाेरेका छन् । याे कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ३०.२० रुपैयाँ गुमाएका छन् । त्यस्तै रुरु जलविद्युतका लगानीकर्ताले ५५ रुपैयाँ, अभियान लघुवित्तका सेयरधनीले ३६.१० रुपैयाँ गुमाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *