रुपन्देहीमा छठ घाट जाने क्रममा कारको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते
२०७९ कार्तिक १४ गते

काठमाडौँ । रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु भएको छ । रुपन्देहीमा छठ घाट जाने क्रममा कारले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको हो ।
भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका ४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
कारको ठक्करबाट शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् ।
आज सोमबार बिहान ५ बजेतिर भएको दुर्घटनाका घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए ।
ठक्कर दिएर फरार कार र चालकको खोजी भइरहेको अर्यालले बताए ।
२०७९ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित








