निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जाँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा

काठमाडौँ । उम्मेदवारी खारेजीमा परेकी डा. तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वोच्च अदालत जाने भएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

आयोगको निर्णयविरुद्ध आज बिहान ११ बजे सर्वोच्च अदालत जान लागेको कार्कीले बताइन् । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

One thought on “निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जाँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा

  1. यो सबै चोर दलाल भ्रस्टचारिले भरिसकेको देश हो त्यसैले यस्तो हुन्छ। अब यसलाइ सबैले चिरेर अघि बढ्नु पर्छ। र बढुन यो मुद्दा निस्पक्ष होस डा. तोसिमा कार्की ज्यु को पक्षमा यो निर्णय फैसला होस।। जय डा.तोसिमा कार्की धन्यबाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =